प्रहरीका ६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस (सूचीसहित)

प्रहरीका ६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस (सूचीसहित)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरुलाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गरिएको छ। बिहीबार बसेको बढुवा समितिको बैठकले उनीहरूलाई सिफारिस गरेको हो।

बढुवा सिफारिसको पहिलो नम्बरमा चन्द्र कुवेर खापुङ परेका छन्। खापुङसँगै लालमणि आचार्य, कृष्णहरी शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसी को नाम पनि सूचीमा छ।

खापुङ, आचार्य र पोखरेल आईजीपी दीपक थापाकै ब्याचमेट हुन्। उनीहरू २०५२ साल कात्तिक २७ गते प्रहरी सेवामा प्रवेश गरेका थिए भने २०८० वैशाख ६ गते डीआईजीमा बढुवा भएका थिए।

त्यस्तै, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसी भने २०५४ चैत १८ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर) का रूपमा सेवा प्रवेश गरेका हुन्।

बढुवा सिफारिसमा परेका डा. केसी भुटानी शरणार्थी प्रकरणमा सक्रिय भएर काम गर्दै चर्चामा आएका थिए। उनी प्रहरी संगठनभित्र काविल अफिसर को रूपमा चिनिन्छन्। सो प्रकरणमा अनुसन्धान तथा अभियोजनको बेला दानबहादुर कार्की काठमाडौँ प्रहरी प्रमुख थिए।

Recent Comments

No comments to show.