रास्वपाको महाधिवेश फागुनमा हुने

रास्वपाको महाधिवेश फागुनमा हुने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशन आगामी फागुन ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको छ। बिहीबार बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशनको नयाँ मिति तय गरेको हो।

यसअघि रास्वपाको महाधिवेशन यही वैशाखमा गर्ने तयारी थियो। तर, पार्टी सभापति रवि लामिछाने सहकारी रकम हिनामिना प्रकरणमा पुनः थुनामा परेपछि महाधिवेशन ११ महिना पछाडि सारिएको हो।

बैठकले महाधिवेशनअघि सबै संरचनाहरू पूर्ण गर्न आवश्यक रहेको भन्दै २०८२ असोजसम्म वडा अधिवेशन, कात्तिकसम्म पालिका अधिवेशन, मंसिरसम्म जिल्ला, र माघ १५ भित्र प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका स्वीकृत गरेको छ।

रास्वपाले हालसम्म १,९७५ वटा वडा समिति गठन भइसकेको र ७ सय वडामा अधिवेशन सम्पन्न भइसकेको जानकारी दिएको छ।

रास्वपाको महाधिवेशनले नयाँ नेतृत्व चयनसहित संगठनलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

Recent Comments

No comments to show.