विश्व बैंकबाट थप साढे १८ अर्ब ऋण लिँदै नेपाल

विश्व बैंकबाट थप साढे १८ अर्ब ऋण लिँदै नेपाल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रानी जमरा कुलरिया सिँचाइ आयोजनाको तेस्रो चरण कार्यान्वयनका लागि नेपाल सरकारले विश्व बैंकबाट १८ अर्ब ७६ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १३ करोड ७० लाख अमेरिकी डलर (अन्दाजी १८ अर्ब ७६ करोड ९० लाख रुपैयाँ) सहुलियतपूर्ण ऋण लिन सैद्धान्तिक सहमति दिएको हो। उक्त आयोजना विश्व बैंकको वित्तीय सहयोगमा अघि बढाइनेछ।

यस ऋणसम्बन्धी वित्तीय सम्झौता र आयोजना दस्तावेजलाई अन्तिम रूप दिन अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

त्यस्तै, साना किसान सिँचाइ कार्यक्रमका लागि स्विट्जरल्यान्ड सरकारबाट प्राप्त हुने १८ लाख ८० हजार स्विस फ्र्यांक (करिब ३१ करोड ३९ लाख रुपैयाँ) बराबरको थप अनुदान सहायता लिनेसम्बन्धी प्रस्तावलाई समेत मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।

यी निर्णयहरूमार्फत सरकारले सिँचाइ पूर्वाधार सुदृढ गर्दै कृषि उत्पादनमा वृद्धि र ग्रामीण क्षेत्रको समृद्धिमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

Recent Comments

No comments to show.