‘फिसिङ लिङ्क’ पठाइ ई-सेवाको करोडौँ रकम चोरी,२२ वर्षीय युवक पक्राउ

‘फिसिङ लिङ्क’ पठाइ ई-सेवाको करोडौँ रकम चोरी,२२ वर्षीय युवक पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ ।  फिसिङ लिङ्कको प्रयोग गरी चार हजारभन्दा बढी व्यक्तिहरूको ई–सेवा खातामा अनधिकृत पहुँच पुर्याएर करोडौँ रकम ठगी गर्ने एक युवक पक्राउ परेका छन्।

काठमाडौंको अनामनगरमा बसोबास गर्दै आएका कञ्चनपुर कृष्णपुर नगरपालिका–१ निवासी २२ वर्षीय राहुल बुढालाई प्रहरीले पक्राउ गरेको हो। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष सुराकीको आधारमा कालीमाटीबाट पक्राउ गरेको जानकारी दिइएको छ।

प्रहरीका अनुसार बुढाले विभिन्न व्यक्तिहरूलाई एसएमएसमार्फत ‘फिसिङ लिङ्क’ पठाई, खाताहरू सस्पेण्ड हुन लागेको भन्दै डर देखाएर भेरिफिकेसनका नाममा उक्त लिङ्क खोल्न लगाउँथे। यसरी प्राप्त विवरणको प्रयोग गरी उनले ई–सेवामा अनधिकृत रूपमा पहुँच पुर्याई रकम ट्रान्सफर गरेका थिए।

उनीमाथि हालसम्म चार हजारभन्दा बढी व्यक्तिहरूको ई–सेवा खाताबाट झिकिएको रकम पशुपति ग्लोबल इनोभेसन प्रालिको खातामा जम्मा गरिएको पाइएको छ। उक्त रकम एक करोड दुई लाख रुपैयाँ बराबरको रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको छ भने उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानले ठगी कार्यमा अन्य गिरोहको संलग्नता हुन सक्ने आशंका गरिएको छ।

Recent Comments

No comments to show.