काठमाडौं । काठमाडौं तीनकुनेमा हिंसात्मक प्रदर्शनपछि फरार रहेका राजावादी आन्दोलनका कमाण्डर दूर्गा प्रसाईंलाई नेपाल प्रहरीले पक्राउ गरी आजै काठमाडौं ल्याउने तयारी गरेको छ। भारतीय प्रहरीको सहयोगमा आसामको गुवाटीबाट नियन्त्रणमा लिइएका प्रसाईंलाई झापाको भद्रपुर विमानस्थलमार्फत काठमाडौं ल्याइनेछ।
प्रसाईंमाथि ज्यान मुद्दा, चोरी, आगजनी, सम्पत्ति तोडफोड, प्रहरीमाथि आक्रमण र संगठित अपराधजस्ता गम्भीर आरोपमा अनुसन्धान हुने प्रहरीले जनाएको छ। चैत १५ मा भएको प्रदर्शनमा २ जनाको मृत्यु, १२९ जना घाइते र करोडौंको क्षति भएको थियो।
उनी पक्राउ परेको खबरपछि गृहमन्त्री, गृहसचिव, प्रहरी प्रमुखसहित उच्चस्तरीय बैठक बसेको थियो। प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महासचिव धवलशमशेर राणासहित ७९ जनालाई यसअघि नै पक्राउ गरिसकेको छ।
प्रतिक्रिया