दूर्गा प्रसाईंलाई नेपाल प्रहरीले नियन्त्रणमा लियो, आजै काठमाडौं ल्याइने

दूर्गा प्रसाईंलाई नेपाल प्रहरीले नियन्त्रणमा लियो, आजै काठमाडौं ल्याइने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंमा हिंसात्मक प्रदर्शनपछि फरार राजावादी आन्दोलनका कमाण्डर दूर्गा प्रसाईंलाई नेपाल प्रहरीले झापाको काँकडभिट्टा नाकाबाट पक्राउ गरेको छ।

भारतीय प्रहरीको सहयोगमा पक्राउ परेका प्रसाईंलाई झापा हुँदै काठमाडौं ल्याइँदैछ। चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा दुईजनाको मृत्यु, तोडफोड र आगजनी भएपछि उनी फरार भएका थिए।

प्रसाईंले हालै फेसबुक लाइभमार्फत जीवन सुरक्षाको सुनिश्चितता भए प्रहरीसमक्ष आत्मसमर्पण गर्ने बताएका थिए।

Recent Comments

No comments to show.