नेपाल प्रहरीले भन्छ– दुर्गा प्रसाईं पक्राउ परेका छैनन्

नेपाल प्रहरीले भन्छ– दुर्गा प्रसाईं पक्राउ परेका छैनन्

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । तीनकुनेमा भएको हिसांत्मक प्रदर्शनका प्रमुख अभियुक्त दुर्गा प्रसाईं अझै पक्राउमा नपरेको भन्दै नेपाल प्रहरीले उनको खोजी कार्य जारी रहेको जनाएको छ।

बिहीबार राति नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिनेश कुमार आचार्यले एक विज्ञप्ति जारी गर्दै ‘दुर्गा प्रसाईं पक्राउ’ शीर्षकमा सञ्चारमाध्यमहरूमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएका हुन्।

विज्ञप्तिमा उल्लेख छ, “विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाईं नेपाल प्रहरीको खोजीको सूचीमा रहेका छन्। हालसम्म उनी पक्राउ परेका छैनन्।” साथै प्रहरीको तर्फबाट “भ्रामक समाचार प्रकाशन तथा प्रसारण नगर्नु” भन्दै सञ्चारमाध्यम र सर्वसाधारणलाई अनुरोध गरिएको छ।

तर, अर्कोतर्फ दुर्गा प्रसाईंको सचिवालयले सामाजिक सञ्जालमार्फत फरक दाबी गरेको छ। सचिवालयको अनुसार प्रसाईंले भारतको आसाम राज्यको प्रहरी समक्ष आफैं आत्मसमर्पण गरेका छन्। उक्त फेसबुक स्टाटसमा उल्लेख गरिएको छ कि “सुरक्षाका लागि दुर्गा प्रसाईं आफैंले भारतीय सुरक्षाकर्मीहरूसामु आत्मसमर्पण गरेका हुन्।”

यस बिषयमा नेपाल प्रहरीले भारतीय पक्षसँग समन्वय भइरहेको वा नभएकोबारे भने अझै कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।

सार्वजनिक रूपमा फरार सूचीमा रहेका प्रसाईंविरुद्ध यसअघि पनि विभिन्न आपराधिक मुद्दाहरू दर्ता भइसकेका छन्। हालको घटनाले प्रसाईंको अवस्थालाई अझ जटिल बनाइरहेको छ।

Recent Comments

No comments to show.