काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सम्पूर्ण सम्पत्ति जनतालाई सुम्पिन चुनौती दिएका छन्।
काठमाडौँमा आयोजित ‘संघीय लोकतान्त्रिक गणतन्त्रको सार्थकता र स्थायित्व अपरिहार्यता’ विषयक विचार गोष्ठीमा बोल्दै सिटौलाले ज्ञानेन्द्रलाई राजनीतिमा आउन अवरोध नभएको भन्दै जनताको माया छ भने सम्पत्ति दिन सक्नुपर्ने बताए।
“साच्चै सेवा गर्न मन छ भने सम्पत्ति दिन आँट छ? हामीले महाराजधिराजको सम्पत्ति राष्ट्रियकरण गर्यौँ, त्यो निर्णय गर्ने क्याबिनेटको अध्यक्ष म नै थिएँ,” सिटौलाले भने।
उनले पूर्वराजालाई चुपचाप बस्न सुझाव दिँदै व्यवस्था परिवर्तनको विरुद्ध उक्साउने कार्य नगर्न आग्रह गरे। साथै, वर्तमान लोकतान्त्रिक व्यवस्थामा भएका त्रुटि सुधार्दै अघि बढ्नुपर्ने धारणा पनि राखे।
प्रतिक्रिया