डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन प्राधिकरणलाई उर्जामन्त्रीको निर्देशन

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन प्राधिकरणलाई उर्जामन्त्रीको निर्देशन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लामो समयदेखि विवादमा रहेको डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुलका सम्बन्धमा प्राधिकरणले बक्यौता रकम उठाउन निर्देशन पाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उद्योगहरुसँग डेडिकेटेड र ट्रङ्कलाइनको बाँकी बक्यौता रकम यकीन गरेर तत्काल उठाउन निर्देशन दिएका हुन् ।

ऊर्जा मन्त्रालयमा सचिव सुरेश आचार्य, विद्युत नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर मन्त्री खड्काले बक्यौता उठाउन निर्देशन दिएका हुन् ।

ऊर्जामन्त्री खड्काले विद्युत महसुल विवाद समाधान गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित समितिको प्रतिवेदन अनुसार बाँकी बक्यौता उठाउन निर्देशन दिएका हुन् ।

आयोगको प्रतिवेदनमा ट्रङ्कलाइन र डेडिकेटेड लाइन प्रयोग गरेबापत टिओडी मिटरसमेतका आधारमा अध्ययन गरी बक्यौता असुल गर्न भनेको थियो । यो निर्णयलाई उद्योगीले सहमति जनाए पनि प्राधिकरणले उपलब्ध गराएको ट्रङ्कलाइन र डेडिकेटेड लाइन प्रयोग गरेबापतको टिओडीबाट हिसाब नगरेको महसुलमा उनीहरुले फरक मत राख्दै बक्यौता नतिर्ने बताउँदै आएका थिए ।

Recent Comments

No comments to show.