कांग्रेससँगको सहकार्य २०८४ को चुनावपछि पनि कायम रहने प्रधानमन्त्रीको दाबी

कांग्रेससँगको सहकार्य २०८४ को चुनावपछि पनि कायम रहने प्रधानमन्त्रीको दाबी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससँगको सहकार्य २०८४ को चुनावपछि पनि कायम रहने दाबी गरेका छन् ।

नेपाल चेम्बर अफ कमर्शको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले आजभोलि नै सरकार परिवर्तन हुने हल्लामा कुनै सत्यता नभएको बताए ।

उनले भने, ‘हाम्रो देशलाई अब विकासमा अगाडि बढाउन एकपछि अर्को अनुकूलता छ । देशमा सबैभन्दा ठूला योगदान गरेका, इतिहास बोकेका जिम्मेवार पार्टी कम्फर्टेबल बहुमतसहित सरकारमा छन् । स्थिरता र स्थायित्व छ, रहन्छ पनि । अहिले सरकार परिवर्तन भइहाल्छ अर्को आइहाल्छ भन्ने स्थिति छैन । यो २०८४ को चुनावसम्म जान्छ र त्यसपछि पनि यो सिलसिला कायम रहन्छ ।’

प्रधानमन्त्री ओलीले दुई ठूला पार्टी मिलेर सरकार बनाएकाले देशमा तीव्र विकासको अवसर भएको जिकिर गरे । उनले आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने दोहोर्‍याए ।

Recent Comments

No comments to show.