कोशिश गर अवश्य हल निस्किन्छ

कोशिश गर अवश्य हल निस्किन्छ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोशिश गर अवश्य हल निस्किन्छ

आज नभएं पनि भोलि निस्किन्छ

अर्जुनको लक्ष्य राख निशाना खोज

मरुभुमिबाट पनि त पानी निस्किन्छ

मेहनत गर फूललाई पानी देऊं

सुक्खामा पनि फेरि फल निस्किन्छ

तागत जुटाउं हिम्मतलाई आगो देऊं

कमजोरको पनि फेरि बल निस्किन्छ

शिरमा उम्मीदलाई ज्यूंदै राख्ने गर

समुन्दरबाट पनि त गंगाजल निस्किन्छ

कोशिश गर्दै जाऊं केहि गर्दै जाऊं

जे रोकेको छ अहिले भइ निस्किन्छ

कोशिश गर अवश्य हल निस्किन्छ

आज नभएं पनि भोलि निस्किन्छ

(पूर्व राजा ज्ञानेन्द्र शाहको साहित्यिक नाम जि शाह हो ।)

Recent Comments

No comments to show.