रजक मृत्यु प्रकरण :मानव अधिकार आयोगमा ध्यानाकर्षण गराउने नेपाल पत्रकार महासङ्घको निर्णय

रजक मृत्यु प्रकरण :मानव अधिकार आयोगमा ध्यानाकर्षण गराउने नेपाल पत्रकार महासङ्घको निर्णय

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।  नेपाल पत्रकार महासङ्घले पत्रकार सुरेश रजकको हत्या सन्दर्भमा स्वतन्त्र छानबिनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

मंगलबार काठमाडौंमा बसेको महासङ्घको बैठकले रजकको चैत १५ गते तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा भएको मृत्युबारे गम्भीर चासो व्यक्त गर्दै छानबिन प्रक्रिया अघि बढाउन आयोगलाई ध्यानाकर्षण गराउने निर्णय गरेको हो।

यसअघि महासङ्घले सरकारलाई सात दिनको अल्टिमेटम दिएको थियो। तर, सरकारले माग सम्बोधन नगरेपछि महासङ्घले वैशाख ६ गतेसम्मको अन्तिम समयसीमा तोकेको छ। माग पूरा नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी समेत महासङ्घले दिएको छ।

साथै महासङ्घले वैशाख २ गते सम्पादकहरूसँग, ४ गते सञ्चारगृह सञ्चालकहरूसँग, र ६ गते महासङ्घका पूर्वअध्यक्षहरूसँग छुट्टाछुट्टै छलफल गर्ने निर्णय पनि गरेको छ।

रजकको मृत्युपछि उठेको न्यायको मागलाई राष्ट्रिय स्तरमा दबाबको रुपमा अघि बढाउँदै महासङ्घले निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग दोहो¥याएको छ।

Recent Comments

No comments to show.