सेयरबजारमा आज ५ अर्ब ३० करोडको कारोबार, दुई कम्पनीको सेयरमा सर्किट

सेयरबजारमा आज ५ अर्ब ३० करोडको कारोबार, दुई कम्पनीको सेयरमा सर्किट

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली सेयरबजारमा आज  ५ अर्ब ३० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बजार दिनको सुरुवातमै ओरालो लागेको भए पनि दिउँसो १ बजेदेखि सुधार देखिएको हो।

कुल १ करोड कित्ता सेयर खरिदबिक्री हुँदा १२१ कम्पनीको सेयर मूल्य बढेको र १२३ वटाको घटेको नेप्सेले जनाएको छ।

आज बोटलर्स नेपाल (बालाजु) र विन नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। यी कम्पनीका लगानीकर्ताले क्रमशः प्रतिकित्ता १६२०.८० रुपैयाँ र २७२.६२ रुपैयाँ आम्दानी गरेका छन्।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले पनि ९.९९ प्रतिशतले फाइदा लिएका छन् भने अन्य केहीले ५.२९ प्रतिशतसम्म आम्दानी गरेका छन्।

अर्कोतर्फ, वाराही हाइड्रोपावर पब्लिकको सेयर मूल्य ६.७२ प्रतिशतले घटेको छ। यस्तै, सिन्धु विकास बैंक, सामुदायिक लघुवित्त, उपकार लघुवित्त र सयपत्री हाइड्रोपावरको सेयरमा समेत गिरावट आएको छ।

आज सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ५९ करोड रुपैयाँको भएको छ। त्यसपछिका प्रमुख कारोबारहरूमा हिमालयन रिइन्स्योरेन्स (४० करोड), नेपाल पुनर्बीमा (२३ करोड), युनाइटेड मोदी हाइड्रो (२१ करोड) र राधी जलविद्युत (१८ करोड) रहेका छन्।

आजको दिन वाणिज्य बैंक, फाइनान्स, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, निर्जीवन बीमा र व्यापार उपसूचक हरियो रहे।

Recent Comments

No comments to show.