आज काठमाडौंका चार स्थानमा प्रदर्शन, ट्राफिक प्रहरीद्वारा वैकल्पिक मार्ग प्रयोगको आग्रह

आज काठमाडौंका चार स्थानमा प्रदर्शन, ट्राफिक प्रहरीद्वारा वैकल्पिक मार्ग प्रयोगको आग्रह

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । आज मंगलबार काठमाडौंका विभिन्न चार स्थानमा हुने राजनीतिक दल तथा संघसंस्थाहरूको प्रदर्शनका कारण राजधानीको ट्राफिक व्यवस्थापन प्रभावित हुने भएको छ।

बल्खु क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), माइतीघर मण्डलामा राष्ट्रिय जनमोर्चा, बानेश्वरदेखि माइतीघर सडकखण्डमा नेपाल शिक्षक महासंघ र शान्तिवाटिकामा सहकारी तथा लघुवित्त पीडितहरूले प्रदर्शन गर्ने कार्यक्रम रहेको छ।

यी प्रदर्शनका कारण सवारी आवागमनमा असर पर्ने भएकाले ट्राफिक प्रहरीले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ। राप्रपाले विभिन्न स्थानबाट जुलुससहित प्रदर्शन गर्ने भएकाले केही स्थानमा सवारी साधन डाइभर्सन गरिने छ।

डाइभर्सन हुने मुख्य क्षेत्रहरूमा खसीबजार–मकालु, कलंकी चोक–बाफल, बल्खु चोक–कुलेश्वर, कालीमाटी चोक–टेकु, कीर्तिपुर–सुन्दरीघाट, सानेपा–एकान्तकुना रहेका छन् भने आवश्यकता अनुसार त्रिपुरेश्वर, बालाजु, हलचोक, नैकाप, सितापाईला, चोभार, फर्पिङ, नख्खु दोबाटो र कोटेश्वरमा पनि डाइभर्सन गरिन सक्नेछ।

यस्तै, प्रदर्शनमा सहभागी हुन सवारीसाधन लिएर आउने व्यक्तिहरूले टीयू गेटदेखि चोभार सडक, सानेपा करिडोर सडक (दुवैतर्फ), चोभार सुख्खा बन्दरगाह, नयाँ बसपार्क र सितापाईला–बाफल सडक खण्डमा पार्किङ गर्न सक्ने व्यवस्था मिलाइएको छ।

ट्राफिक प्रहरीले जनतालाई असुविधा नपरोस् भन्ने उद्देश्यले पूर्व जानकारीका आधारमा यात्रा गर्न सुझाव दिएको छ।

Recent Comments

No comments to show.