झिनो अंकले बढ्यो नेप्से परिसूचक, ७ अर्ब ८६ करोडको कारोबार

झिनो अंकले बढ्यो नेप्से परिसूचक, ७ अर्ब ८६ करोडको कारोबार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ  । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो अंकले बढेको छ। बुधबार २५.३१ अंकले बढेको बजार आज २.८१ अंकले बढेर  २ हजार ७०२.८६ विन्दुमा बन्द भएको हो । 

त्यसैगरी आज कारोबार रकम पनि बढेको छ । आज कूल १ करोड ५५ लाख २ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ७ अर्ब ८४ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

नेप्सेका अनुसार आज ९३ वटा कम्पनीको शेयरमूल्य वृद्धि भएको छ भने १५१ वटा कम्पनीको मूल्य घटेको छ। 

त्यसैगरी, आज ग्रीन भेन्चर्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ। सो कम्पनीको मात्र ७२ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

Recent Comments

No comments to show.