काठमाडौं महानगरको कार्यपालिका बैठक सुरु, बालेन अनुपस्थित

काठमाडौं महानगरको कार्यपालिका बैठक सुरु, बालेन अनुपस्थित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बिहीबार सुरु भएको छ। उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा मध्याह्न बसेको बैठकमा विभिन्न एजेन्डामाथि छलफल भइरहेको छ।

बैठकमा मेयर बालेन्द्र शाह भने अनुपस्थित रहेका छन्। महानगरका प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू तथा सम्बन्धित पदाधिकारीहरू बैठकमा सहभागी भएका छन्।

बैठकमा महानगरपालिकाका विकास योजना, पूर्वाधार निर्माण, नीति तथा कार्यक्रम कार्यान्वयनका विषयमा छलफल भइरहेको जनाइएको छ। यसअघि भएका निर्णयहरू, बजेट खर्चको स्थिति, तथा महानगरका प्राथमिकताका विषयमा समेत बैठक केन्द्रित रहने बताइएको छ।

महानगरपालिकाको पछिल्लो कार्यसम्पादन, विकास योजना कार्यान्वयनको अवस्था, तथा आगामी रणनीतिहरूबारे बैठकमा छलफल हुने अपेक्षा गरिएको छ।

Recent Comments

No comments to show.