प्रमुख प्रशासकीय अधिकृत रोक्न महानगर प्रहरी परिचालन

प्रमुख प्रशासकीय अधिकृत रोक्न महानगर प्रहरी परिचालन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं कार्यालयमा हाजिर हुन पुगेका छन् ।

उनलाई रोक्न महानगर प्रहरी समेत खटाइएको थियो ।

उनलाई नगर प्रहरीले गेटमै रोक्न खोजेको थियो । तर, कर्मचारीहरूले रोक्न नदिइ उनलाई कार्यालय प्रवेश गराएका छन् ।

साथै, प्रहरीले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला समेत लगाएको छ । महानगरको उक्त कार्यप्रति कर्मचारीहरुले आपत्ति जनाएका छन् ।

महानगरका कर्मचारीहरूले सरकारले गुरागाईंलाई नै पठाएकाले हाजिर गर्न दिएर काममा खटाउने पर्ने माग गरेका छन् ।

समाधानको मुख्य मियो मेयर बोलन शाह भएको तर उनले जिम्मेवार भएर काम नगरेको कर्मचारीहरुको आरोप छ ।

योजना अनुगमनका कर्मचारी नरबहादुर साउदले फेसबुकमा स्टाटस लेखेको भरमा महानगर नचल्ने भन्दै मेयर बालेन साहलाई जिम्मेवार भएका विवाद समाधान गर्न आग्रह गरे । उनले भने, ‘एउटा चिठी लेखेको, स्टाटस लेखेको भरमा महानगर चल्दैन । मेयर आफैं आएर यो समस्याको समाधान गर्नुपर्छ । मेयर साप जिम्मेवारी भएर प्रस्तुत हुनुस् ।’

उनीहरूले प्रमुख प्रशासकीय अधिकृतको गाडीमा समेत मेयरको निर्देशनमा महानर प्रहरीले ह्वील लक गरेको दाबी गरेका छन् । यसअघि आधिकारिक नक्सा पास प्रणाली भन्दा बाहिर गइ नक्सापास स्वीकृति दिएको पाइएपछि महानगरले जिम्मेवारीबाट हटाएको थियो ।

Recent Comments

No comments to show.