सेन्ट लरेन्स कलेजमा वृहत्त स्वास्थ्य शिविर सम्पन्न

सेन्ट लरेन्स कलेजमा वृहत्त स्वास्थ्य शिविर सम्पन्न

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।  सेन्ट लरेन्स कलेज, चावहिलमा वृहत्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोग तथा मैजुकुमारी सामुदायिक सेवा समाज, चावहिल-मैजुबहालको समन्वयमा आयोजित शिविरमा एक हजार तीन सय जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका छन्।

क्याम्पस प्रमुख पुरुषोत्तम महर्जनका अनुसार कलेजका विद्यार्थी क्लबहरूले शिविरको व्यवस्थापन तथा सहजीकरण गरेका थिए। “शैक्षिक संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरूका विभिन्न क्लबमार्फत आयोजना गरिएको यस शिविरको उद्देश्य नै स्वास्थ्य सेवा प्रदान गर्नु हो। ‘प्रिभेन्सन इज बेटर द्यान क्योर’ भन्ने भनाइलाई आत्मसात् गर्दै चावहिल-चुच्चेपाटी क्षेत्रका सर्वसाधारण, विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूलाई स्वास्थ्य लाभ पुर्‍याउनु हाम्रो उद्देश्य थियो, जुन सफल भयो,” महर्जनले बताए।

शिविरमा सर्वसाधारण तथा विद्यार्थीहरूलाई सामान्य स्वास्थ्य परीक्षणका साथै दन्त, आँखा, छाला, नाक, कान तथा घाँटीसम्बन्धी रोगहरूको उपचार सेवा प्रदान गरिएको थियो। साथै, महिलाहरूका लागि स्त्रीरोग जाँच तथा ECG, भिडियो एक्स-रे (अल्ट्रासाउण्ड) लगायत अत्याधुनिक उपकरणद्वारा परीक्षण गरिएको मैजुकुमारी सामुदायिक सेवा समाजका महासचिव समीर जोशीले जानकारी दिनुभयो। रक्त परीक्षण अन्तर्गत HB%, ब्लड सुगर, युरिक एसिड, युरिया तथा युरिन आर/ई (मूत्र परीक्षण) समेत गरिएको थियो।

मंगलबार बिहान ९ बजेबाट सुरु भएको शिविर दिउँसो ३ बजेसम्म सञ्चालन भएको थियो। स्वास्थ्य विशेषज्ञ तथा चिकित्सकहरूको टोलीले सहभागीहरूको स्वास्थ्य परीक्षण तथा उपचार गरेका थिए।

सेन्ट लरेन्स कलेजको सोसल वर्क क्लबकी अध्यक्ष शोनिका थापाका अनुसार कलेजमा हरेक वर्ष दुईदेखि तीनवटा सामाजिक कार्यक्रम हुने गर्छन्। “स्वास्थ्यप्रति सचेत नभएका युवा विद्यार्थीहरूलाई जागरूक गराउन, आफ्नो स्वास्थ्यप्रति चासो बढाउन तथा भविष्यमा जोखिम कम गर्न यस्ता शिविर महत्त्वपूर्ण हुन्छन्,” थापाले बताए।

Recent Comments

No comments to show.