नेप्से परिसूचकमा गिरावट, कारोबार रकम पनि घट्यो

नेप्से परिसूचकमा गिरावट, कारोबार रकम पनि घट्यो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचकमा गिरावट आएको छ। अघिल्ला तीन दिन लगातार वृद्धि भएको नेप्से यस दिन करेक्सन भई १६.९५ अंकले घटेर २,६७६.१७ विन्दुमा पुगेको हो। अल्पकालीन लगानीकर्ताहरूले नाफा बुक गरेसँगै बजारमा गिरावट आएको विश्लेषकहरूले बताएका छन्। यस दिन सेन्सेटिभ इन्डेक्स ३.५७ अंकले, फ्लोट इन्डेक्स १.४७ अंकले, र सेन्सेटिभ फ्लोट इन्डेक्स १.०६ अंकले घटेका छन्। कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेर ५ अर्ब ७९ करोड ७७ लाख ९१ हजार रुपैयाँमा सीमित भएको छ। आइतबारको कारोबार रकम करिब साढे ७ अर्ब रुपैयाँ थियो।

सबैभन्दा बढी मूल्य वृद्धि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको भएको छ। कम्पनीले १०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने घोषणा गरेपछि यसको शेयरमूल्य २३४ रुपैयाँ ५० पैसा बढेर २,५७९ रुपैयाँ ८० पैसामा पुगेको छ। त्यस्तै, राधी विद्युत कम्पनी, सयपत्री हाइड्रोपावर, र विशाल बजार कम्पनीका शेयरहरू पनि ४ प्रतिशतभन्दा बढीले वृद्धि भएका छन्।

यस दिन सबैभन्दा धेरै गिरावट गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा देखिएको छ। यसको मूल्य ५.५६ प्रतिशतले घटेको हो। कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो, जसको ६४ करोड २५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ४५ करोड ५० लाख रुपैयाँ, र सिईडिबी होल्डिङ्सको करिब २८ करोड रुपैयाँको शेयर कारोबार भएको छ।

यस दिन १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने व्यापार उपसमूह मात्र ३.८० प्रतिशतले वृद्धि भएको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक १.८४ प्रतिशतले घटेको छ। होटल तथा पर्यटन, लघुवित्त, र अन्य उपसमूहका परिसूचक पनि १ प्रतिशतभन्दा बढीले घटेका छन्। लगातारको वृद्धिपछि बजारमा आएको करेक्सनलाई स्वाभाविक मानिए पनि लगानीकर्ताहरू थप उतार-चढावको सम्भावना रहेको बताउँछन्।

Recent Comments

No comments to show.