प्रतिनिधिसभा बैठक बस्दै, यी हुन् कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यी हुन् कार्यसूची

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आज (मंगलबार) संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै छ।

बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्ने भएको हो। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोग र मुस्लिम आयोगको छैठौं वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।

आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्। यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले पूर्वाधार विकास समितिको प्रतिवेदनसहितको जलस्रोत विधेयक २०८१ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छन्। त्यस्तै जलस्रोत विधेयक २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ।

Recent Comments

No comments to show.