पूर्वराजालाई जरिवाना गर्ने निर्णय फिर्ता नलिए कानुनी कारबाहीमा जान्छौं: जनआन्दोलन समिति

पूर्वराजालाई जरिवाना गर्ने निर्णय फिर्ता नलिए कानुनी कारबाहीमा जान्छौं: जनआन्दोलन समिति

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संयुक्त जनआन्दोलन समितिले काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लगाएको जरिवाना तत्काल फिर्ता लिन माग गरेको छ।

समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले जरिवाना फिर्ता नलिए कानुनी कारबाहीमा जाने चेतावनी दिएका छन्।

सोमबार जारी गरिएको विज्ञप्तिमा डा. गुरुङले चैत १५ गते तीनकुनेमा भएको प्रदर्शन पूर्वराजाको आयोजनामा नभएको स्पष्ट पारेका छन्। उक्त कार्यक्रम राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले सरकारको स्वीकृतिमा आयोजना गरेको उनको दाबी छ।

विज्ञप्तिमा भनिएको छ, “वातावरण प्रदूषणको आरोपमा महानगरले पूर्वराजालाई जरिवाना तोकेर भ्रम र अनास्था फैलाउने कुत्सित उद्देश्य राखेको छ।” समितिले यो निर्णय महानगरको आफ्नै पूर्वनीतिविपरीत र दुर्भावनायुक्त भएको ठहर गरेको छ।

डा. गुरुङले कार्यक्रमको जिम्मेवारी आयोजक संस्थाले लिने उल्लेख गर्दै प्रहरी र जिल्ला प्रशासनको अभिलेखमा समेत प्रदर्शनको अनुमति प्रमाणित भएको दाबी गरेका छन्। उनले भने, “यसअघि त्रिभुवन विमानस्थलको स्वागत कार्यक्रममा आयोजकलाई पत्राचार गरेको महानगरले अहिले फरक नीति अपनाएको छ।”

संयुक्त जनआन्दोलन समितिले जरिवाना फिर्ता नभए कानुनी र अन्य बाटो अपनाइने जनाएको छ।

Recent Comments

No comments to show.