सामाजिक सञ्जालमार्फत गलत एवं भ्रामक समाचार सम्प्रेषण नगर्न प्रहरीको आग्रह

सामाजिक सञ्जालमार्फत गलत एवं भ्रामक समाचार सम्प्रेषण नगर्न प्रहरीको आग्रह

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले सामाजिक सञ्जालमार्फत गलत एवं भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह गरेको छ । प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले आइतबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी यही चैत १५ गते काठमाडौँको तीनकुने क्षेत्रमा आन्दोलनका क्रममा भएका घटनाबारे गलत एवं भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह गरेका हुन् । 
“शान्तिपूर्ण प्रदर्शनका लागि पूर्वअनुमति लिई नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईंको अगुवाइमा भएको आन्दोलनका क्रममा विभिन्न स्थानमा हिंसात्मक तोडफोड, आगजनीलगायत तीनकुनेस्थित एक घरभित्र मानिस भएकै अवस्थामा आगजनी गरी निजको मृत्युसमेत हुनेगरी विभिन्न आपराधिक घटनाहरु घटाइएको छ ।
उक्त घटनाको गाम्भीर्यता तथा सत्यतथ्यसमेत नबुझी विभिन्न सामाजिक सञ्जालहरूमा भ्रामक एवं गलत सूचना प्रवाह भइरहेको सन्दर्भप्रति गम्भीर ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा भनिएको छ,“उक्त घटनाका सम्बन्धमा वास्तविकता नबुझी विभिन्न सामाजिक सञ्जालमार्फत गलत एवं भ्रामक समाचार सम्प्रेषण गरी जनमानसमा नकारात्मक सन्देश प्रवाह गराउने व्यक्ति एवं संस्थालाई प्रचलित कानुनबमोजिम कानुनी दायरामा ल्याइने छ ।”
उक्त घटनाका मृतकको पोष्टमार्टम नै प्रारम्भ नभएको अवस्थामा विभिन्न सामाजिक सञ्जालमा ‘चैत १५ गते मारिएका पत्रकार सुरेश रजकको पोष्टमार्टम रिपोर्टमा उनको शरीरमा गोली भेटिएको छ ’ लगायत शीर्षक राखी सामाजिक सञ्जालमार्फत गलत एवं भ्रामक समाचार सम्प्रेषण भएकामा प्रहरीले आपत्ति जनाएको छ । जनमानसमा नकारात्मक सन्देश प्रवाह गराउने व्यक्ति एवं संस्थालाई प्रचलित कानुनबमोजिम कानुनी दायरामा ल्याइनेसमेत प्रहरी स्पष्ट पारेको छ ।

Recent Comments

No comments to show.