दीपकराज गिरीको कटाक्ष: ‘शासन शैलीकै कारण पूर्वराजाको डिमान्ड बढ्यो’

दीपकराज गिरीको कटाक्ष: ‘शासन शैलीकै कारण पूर्वराजाको डिमान्ड बढ्यो’

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कलाकार दीपकराज गिरिले आफूलाई राजावादीको सूचीमा राखेर विज्ञप्ति निकालेकोमा असन्तुष्टि जनाउँदै व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत उनले आफूले दलका नेताहरुलाई नै राजा मानेर समर्थन गरिरहेको बताएका छन्।

उनले भने, “२०४६ सालको आन्दोलनमा राजाको पक्षमा लागेर के के उपद्रो गरियो यहाँ उल्लेख नगरौँ! मेरो राजावादी यात्रा ठोस रूपमा २०४६ पछि सुरु भएको हो। प्रजातन्त्र स्थापना पछि राजनीति गर्ने रहर जाग्यो र अन्ततः शेरबहादुर ‘राजा’को पार्टी रोजियो।”

गिरिले २०६२/६३ को आन्दोलनको समयमा ‘प्रचण्ड राजा’को क्रान्तिकारी तेजबाट प्रभावित भएर राजावादी हुन पुगेको स्मरण गर्दै व्यङ्ग्यात्मक रूपमा आफूलाई फेरि पनि राजावादी बनेको बताएका छन्।

उनले राजावादी आन्दोलनको एक दिनअघि आफूलाई ‘बौद्धिक भेला’ मा बोलाएर राजावादी सूचीमा राखिएकोमा भने कडा असन्तुष्टि व्यक्त गरेका छन्।

Recent Comments

No comments to show.