तीनकुने क्षेत्रको कर्फ्यु हटाइयो, हिंसात्मक प्रदर्शनमा दुई जनाको मृत्यु

तीनकुने क्षेत्रको कर्फ्यु हटाइयो, हिंसात्मक प्रदर्शनमा दुई जनाको मृत्यु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले काठमाडौंमा लगाइएको कर्फ्यु हटाएको छ। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले शनिबार बिहानसम्मका लागि थपिएको कर्फ्यु आदेश स्थगित गरिएको जानकारी दिएका छन्।

राजावादी समूहको प्रदर्शन उग्र रूपमा बढेपछि प्रशासनले काठमाडौंको तीनकुनेलगायतका क्षेत्रहरूमा शुक्रबार राति १० बजेसम्म पहिलो पटक कर्फ्यु घोषणा गरेको थियो। तर, रातिसम्म पनि अवस्था सामान्य नभएपछि शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्मका पाँच स्थानमा कर्फ्यु थप गरी शनिबार बिहान ७ बजेसम्म लम्ब्याइएको थियो।

कर्फ्यु जारी रहँदा पनि शुक्रबार राति राजावादी प्रदर्शनकारीहरूले काठमाडौंका विभिन्न स्थानमा तोडफोड र आगजनी गरेका थिए। यी हिंसात्मक घटनाहरूमा एक जना पत्रकारसहित दुई जनाको मृत्यु भएको छ भने सुरक्षाकर्मीसहित दर्जनौं व्यक्तिहरू घाइते भएका छन्।

यो आन्दोलनलाई नियन्त्रणमा लिन प्रशासनले गरेको प्रयासका बावजुद प्रदर्शनकारीहरूले हिंसात्मक गतिविधि जारी राखेका थिए। अहिले भने कर्फ्यु हटाइएको छ र स्थितिमा केही सुधार आएको छ ।

Recent Comments

No comments to show.