तीनकुने घटनाः कर्फ्यू समय लम्बियो, के छ अहिलेको अवस्था ?

तीनकुने घटनाः कर्फ्यू समय लम्बियो, के छ अहिलेको अवस्था ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको तीनकुनेसहितका क्षेत्रमा शनिबार बिहान ७ बजेसम्मका लागि कर्फ्यू जारी गरिएको छ।

काठमाडौं जिल्ला प्रशासनले शुक्रबार राति कर्फ्यू समय लम्ब्याउँदै सुरक्षाको अवस्थामा सुधार आएको जनाएको छ। यसअघि दिउँसो ४:२५ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको थियो। कर्फ्यूको अवज्ञा गर्दै पूर्वराजाका समर्थकहरूले तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनको लागि पूर्वअनुमति लिएर जुलुस निकालेका थिए। तर, निषेधित क्षेत्रसमेत तोड्दै उनीहरूले निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक क्षेत्रलगायत सवारी साधनमा तोडफोड गरेका थिए।

प्रहरीले दिएको जानकारीअनुसार तीनकुने घटनामा परी कीर्तिपुर–४ का सविन महर्जनको उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको छ। यस्तै, तीनकुनेस्थित मार्बल हाउसमा सुरेश रजक मृत अवस्थामा फेला परेको पनि पुष्टि भएको छ। घटनामा नेपाल प्रहरीका ५३ जना, सशस्त्र प्रहरी बलका २२ जना र प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएका छन्। कर्फ्यू लागू भएपछि नेपाली सेना बख्तरबन्द गाडीसहित सडकमा परिचालन भएको थियो, जसका कारण स्थिति सामान्य बन्दै गएको प्रशासनले जनाएको छ।

प्रदर्शनका क्रममा नौ वटा सरकारी सवारी साधन र छ वटा अन्य नखुलेका सवारी साधनमा आगजनी भएको छ। विभिन्न १४ स्थानमा आगजनी, नौ वटा संस्थामा तोडफोड र एक स्थानमा लुटपाट भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ। सुरक्षा अवस्था थप सुदृढ बनाउन सेना र प्रहरीको व्यापक उपस्थितिमा कडाइ गरिएको छ। प्रशासनले कर्फ्यू जारी रहेका क्षेत्रमा भेला, जुलुस, प्रदर्शन र घेराउजस्ता कुनै पनि गतिविधि गर्न निषेध गरिएको जनाएको छ। प्रहरीले शान्ति सुरक्षामा खलल पुर्याउने जो कोहीमाथि कडा कारबाही गर्ने चेतावनी दिँदै नागरिकहरूलाई संयमित रहन अपिल गरेको छ।

Recent Comments

No comments to show.