एसइई परीक्षा सकिएपछि घर फर्कन समस्या भएका १५२ विद्यार्थी र शिक्षकको उद्धार

एसइई परीक्षा सकिएपछि घर फर्कन समस्या भएका १५२ विद्यार्थी र शिक्षकको उद्धार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) केन्द्रबाट घर फर्कन समस्या भएका १५२ जना विद्यार्थी तथा शिक्षकलाई काठमाडौं महानगरपालिकाले सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याएको छ।

शुक्रबार गणतन्त्र पक्षधर र राजावादी समूहबीचको प्रदर्शनका कारण राजधानीमा बिहानैदेखि सवारी आवागमन प्रभावित भएको थियो। सार्वजनिक यातायात ठप्प भएपछि कतिपय विद्यार्थी परीक्षा सकेर घर फर्कन नसक्ने अवस्थामा पुगेका थिए।

यस परिस्थितिमा महानगरपालिकाले परीक्षापछि सवारी साधन अभाव भएका विद्यार्थी तथा शिक्षकलाई उद्धार गर्न सार्वजनिक आह्वान गरेको थियो। सोही अनुसार महानगर प्रहरी बलले बानेश्वर, रत्नपार्क, नयाँ बसपार्क र टेकु गरी चारवटा स्थानबाट उद्धार गरी सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याएको हो।

महानगरपालिकाले एसइई परीक्षार्थीहरूलाई कुनै कठिनाइ परेमा सम्पर्क गर्न आग्रह गरेको थियो। महानगरले प्रभावित विद्यार्थी र शिक्षकहरूलाई आवश्यक सहयोग गर्दै उनीहरूको सुरक्षित आवागमनको व्यवस्था मिलाएको जनाएको छ।

काठमाडौंमा प्रदर्शनका कारण सार्वजनिक यातायात प्रभावित हुँदा धेरैले कठिनाइ बेहोर्नुपरेको थियो। महानगरको सक्रियताका कारण परीक्षार्थी र शिक्षकहरूलाई घर फर्कन सहज भएको छ।

Recent Comments

No comments to show.