तीनकुने प्रकरण: दुर्गा प्रसाईंको गतिविधि क्षमायोग्य नभएको गृह मन्त्रालयको भनाइ

तीनकुने प्रकरण: दुर्गा प्रसाईंको गतिविधि क्षमायोग्य नभएको गृह मन्त्रालयको भनाइ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  गृह मन्त्रालयले राजावादी प्रदर्शनका जनकमान्डर दुर्गा प्रसाईंको गतिविधिलाई क्षमायोग्य नभएको भन्दै कडा प्रतिक्रिया दिएको छ। शुक्रबार साँझ पत्रकार सम्मेलन गरी मन्त्रालयले तीनकुनेमा भएको आगजनी र प्रदर्शनको विषयमा धारणा सार्वजनिक गरेको हो।

गृह मन्त्रालयका अनुसार तीनकुने क्षेत्रमा पूर्वराजाका समर्थकहरूले गरेको प्रदर्शनले संविधानले प्रदान गरेको स्वतन्त्रताको हकको दुरुपयोग गरेको छ। मन्त्रालयले दुर्गा प्रसाईंलाई प्रदर्शनको नेतृत्वकर्ता मानेको छ र उनको गतिविधि क्षमायोग्य नभएको स्पष्ट पारेको छ।

‘पूर्वराजाका समर्थकहरूद्वारा तीनकुने क्षेत्रमा जुनखाले गतिविधि भयो, त्यो खेदजनक छ। यो संविधानले प्रदान गरेको स्वतन्त्रताको हकको दुरुपयोग हो। दुर्गा प्रसाईं, जसले यो प्रदर्शनको नेतृत्व गरेको भनिएको छ, उनको गतिविधि क्षमायोग्य छैन,’ गृह मन्त्रालयले वक्तव्यमा भनेको छ।

मन्त्रालयले प्रसाईंले आफैँ सवारी साधन चलाएर सुरक्षाकर्मीलाई मार्ने प्रयास गरेको आरोपसमेत लगाएको छ। यसै कारणले अवस्था बिग्रिएको र हिंसात्मक बनेको मन्त्रालयले स्पष्ट पारेको छ।

आगलागीमा परी एक जनाको मृत्यु भएको र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले कडा निगरानी गर्दै प्रदर्शनकारीलाई नियन्त्रणमा लिन खोज्दा झडपको अवस्था उत्पन्न भएको थियो।

सुरक्षा व्यवस्थामा कडाई गर्दै घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन गृह मन्त्रालयले प्रतिवद्धता जनाएको छ।

Recent Comments

No comments to show.