राजावादीले आगो लगाएको घरमा एकजना मृत भेटिए

राजावादीले आगो लगाएको घरमा एकजना मृत भेटिए

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी प्रदर्शनकारीद्वारा गरिएको आगजनीमा एक जनाको मृत्यु भएको छ। आगलागीपछि घरभित्र जलेको अवस्थामा एक जना व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ।

मृतकको पहिचान हालसम्म खुल्न सकेको छैन। शव जलेर चिन्न नसकिने अवस्थामा रहेको र सनाखतका लागि प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रदर्शनका क्रममा भएको आगजनीबाट स्थानीय बासिन्दामा त्रास फैलिएको छ। सुरक्षाकर्मीहरुले आगलागी भएको स्थानलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका छन्।

राजावादी प्रदर्शनकारीहरुले तीनकुने क्षेत्रमा प्रदर्शनका क्रममा तोडफोड र आगजनी गरेका थिए। घटनास्थलमा प्रहरीको टोली परिचालन गरी स्थिति नियन्त्रणमा लिने प्रयास गरिएको थियो।

Recent Comments

No comments to show.