प्रतिनिधि सभाको बैठक सर्‍यो

प्रतिनिधि सभाको बैठक सर्‍यो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रतिनिधि सभाको बैठकको समय परिवर्तन भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको हो ।

सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएछि नेकपा ९माओवादी केन्द्र०सहितका प्रतिपक्षी दलहरुले विरोध गरेपछि बुधबारबाटै संसद् चल्न सकेको छैन ।

बुधबार पनि बिहान ११ बजेका लागि बोलाइएको बैठकमा दलहरुले अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित भएको थियो । तर समयमा सुरु हुन नसकेपछि अपराह्न तीन बजेका लागि सारिएको बैठकमा प्रतिपक्षी दलले पुनः अवरोध गरेपछि बिहीबार ११ बजेसम्मका लागि स्थगित भएको थियो ।

कार्यकारी निर्देशक घिसिङको बर्खास्तीसम्बन्धमा सरकारको जवाफ नआएसम्म सदन चल्न नदिने प्रतिपक्षीको अडानका कारण बिहीबारको बैठक पनि प्रभावित भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले भने सार्वजनिक कार्यक्रममा घिसिङलाई निकाल्नुको कारणबारे सदनमा कुनै जवाफ दिन आवश्यक नभएको बताउँदै आएका  छन् ।

Recent Comments

No comments to show.