ज्ञानेन्द्रविरुद्ध शंकर पोखरेलको टिप्पणी : पूर्वराजा ज्ञानेन्द्र अपुतालीमा राजा बनेका हुन्

ज्ञानेन्द्रविरुद्ध शंकर पोखरेलको टिप्पणी : पूर्वराजा ज्ञानेन्द्र अपुतालीमा राजा बनेका हुन्

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘अपुतालीमा राजा’ भएको टिप्पणी गरेका छन्। पूर्वराजाविरुद्ध आक्रामक हुँदै आएका पोखरेलले ज्ञानेन्द्र शाहले अधिराजकुमार हुँदाकै बेला राष्ट्र र जनतालाई गम्भीर हानि पुर्‍याउने आपराधिक गतिविधिमा संलग्न भएको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमार्फत पोखरेलले पूर्वपञ्चहरूले नै ज्ञानेन्द्रको गतिविधिबारे त्यसबेला नै खुलासा गरेको दाबी गरे। उनले लेखे, ‘पूर्वराजा ज्ञानेन्द्र अधिराजकुमार हुँदाका समयमा राष्ट्र र जनतालाई गम्भीर हानि पुग्ने आपराधिक काम गरेको विषयलाई पूर्वपञ्चहरूले नै सोही समयमा सार्वजनिक गरेका तथ्यहरू पढ्न पाइन्छ। अहिले आएर स्वार्थको रोटी सेक्नका लागि पूर्वपञ्चहरूले उनको गुनगान गाउनु बेग्लै कुरा हो। तर आम जनताले त उनी अपुतालीमा राजा हुँदासमेत असहज मानेकै हुन्।’

२०५८ साल जेठ १९ गते नारायणहिटी दरबारभित्र राजा वीरेन्द्रको वंश नास भएपछि ज्ञानेन्द्र दोस्रोपटक राजा बनेका थिए। पोखरेलको यो अभिव्यक्तिले पूर्वराजावादीहरूमाझ नयाँ बहस सिर्जना गर्ने देखिन्छ।

Recent Comments

No comments to show.