पीडित केन्द्रित भएर शान्ति प्रक्रिया टुंग्याउने कुरामा राजनीतिक दलहरूमा विवाद छैन : दाहाल

पीडित केन्द्रित भएर शान्ति प्रक्रिया टुंग्याउने कुरामा राजनीतिक दलहरूमा विवाद छैन : दाहाल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया टुंग्याउनुपर्ने विषयमा राजनीतिक दलहरूबीच कुनै विवाद नरहेको दाबी गरेका छन्।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपालको शान्ति प्रक्रिया मौलिक ढंगले अघि बढेको उल्लेख गरे। उनले सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) र संक्रमणकालीन न्याय (ट्रान्जिसनल जस्टिस) सम्बन्धी विषयहरूमा पीडितलाई सम्बोधन गर्ने कुरालाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा राजनीतिक सहमति रहेको बताए।

“पीडितलाई न्याय दिएर मात्रै शान्ति प्रक्रिया दिगो बनाउन सकिन्छ भन्नेमा राजनीतिक नेतृत्व स्पष्ट छ,” अध्यक्ष दाहालले भने।

उनले राष्ट्रिय मुद्दामा राजनीति गर्न नहुने भन्दै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने जिम्मेवारीबाट आफूहरू पछि नहट्ने स्पष्ट पारे। “विवाद र विमतिका बीचमा पनि शान्ति प्रक्रिया टुंग्याउनु नै हाम्रो लक्ष्य हो,” दाहालले भने।

नेपालको शान्ति प्रक्रिया दशक लामो द्वन्द्वलाई औपचारिक रूपमा टुंग्याउने दिशामा अघि बढिरहेको छ। यस प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन पीडितका मागलाई सम्बोधन गर्दै न्याय प्रदान गर्नुपर्ने आवाज उठिरहेको छ।

Recent Comments

No comments to show.