अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।

बुधबार अर्घाखाँचीको सुपादेउरालीको दर्शन गरेर फर्किंदै गरेको लु २ ख ३०३ नम्बरको बस शितगंगा नगरपालिका २ भुवनपाटास्थित गोरूसिंगे सन्धिखर्क सडकखण्डमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका नेपाल प्रहरीको प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए।

उनले भने, ‘ साँझ पौने ६ बजेतिर सुपादेउरालीको दर्शन गरेर फर्किंदै थियो। एक्कासी दुर्घटना भयो। चार जनाको उपचारको क्रममा मृत्यु भयो।  ‘

उनका अनुसार मृत्यु हुने तीन जना महिला र एकजना पुरूष रहेका छन्। उनीहरुको पहिचान खुल्न बाँकी छ। यस्तै  दुर्घटनामा परी २७ जना घाइते  भएका छन् . उनीहरूलाई बुटवलमा उपचारका लागि लगिएको उनले बताए।

Recent Comments

No comments to show.