काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौंको तारकेश्वर नगरपालिका स्थित नेपालटारमा रहेको ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा रिले अनसन सुरु गरेको छ। स्ववियु निर्वाचनको सुनिश्चिता माग गर्दै आजबाट अनसन गरिएको हो।
त्रिभुवन विश्वविद्यालयले गत चैत ५ गतेका लागि स्ववियु निर्वाचन तोकेपछि पनि विभिन्न बहानामा निर्वाचन रोकिएको छ। नेविसंघका अनुसार, कलेज प्रशासनले उनीहरूको संगठन जित्ने देखिएपछि निर्वाचन नगर्ने प्रपञ्च रचिएको छ।
स्ववियु सभापतिका उम्मेदवार सुल्तान मियाँले रिले अनसनमा बसेका छन् र चुनाव सुनिश्चित गर्न, कार्य तालिका सार्वजनिक गर्ने लगायतका मागहरू राखेका छन्। उनले चेतावनी दिएका छन् कि यदि माग पूरा नगरेमा, उनीहरू आमरण अनसन गर्न बाध्य हुनेछन्।
प्रतिक्रिया