समाजलाई असल बाटोमा डोर्‍याउन गुणस्तरीय शिक्षा आवश्यक : उपप्रधानमन्त्री सिंह

समाजलाई असल बाटोमा डोर्‍याउन गुणस्तरीय शिक्षा आवश्यक : उपप्रधानमन्त्री सिंह

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई सही दिशामा लैजान गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्ने बताउनुभएको छ।

बुधबार नेपाली कांग्रेसको शिक्षा विभागद्वारा आयोजित ‘शिक्षा नीति बहस’ अन्तर्गत ‘विद्यालय शिक्षा विधेयक र जनप्रतिनिधिको सरोकार’ विषयक छलफलमा बोल्दै उहाँले समाजको आधार नै शिक्षा भएको धारणा व्यक्त गर्नुभयो।

मन्त्री सिंहले भने, “राम्रो शिक्षा प्रदान गर्न सके समाजमा जिम्मेवार र असल नागरिक तयार हुनेछन्। शिक्षाले नै समाजमा परिवर्तन ल्याउँछ।” उहाँले नेपालको शिक्षा प्रणाली ०७ सालको क्रान्तिपछि सुरु भएको उल्लेख गर्दै, अहिले समयअनुकूल शिक्षा प्रदान गर्न आवश्यक रहेको कुरामा जोड दिनुभयो।

मन्त्री सिंहले शिक्षा विधेयकको प्रभावकारी कार्यान्वयनमा स्थानीय तहका सरोकारवालाको सुझाव महत्वपूर्ण हुने बताउँदै, “अहिले शिक्षाको धेरै जिम्मेवारी स्थानीय तहमा छ। यसकारण, विधेयकलाई प्रभावकारी बनाउन उनीहरूको सुझावले ठूलो भूमिका खेल्नेछ।”

कार्यक्रममा नगर प्रमुख र उपप्रमुखहरूले शिक्षा विधेयकबारे पालिकाको धारणा र सुझाव राखेका थिए। शिक्षा विभागका प्रमुख नैनसिंह महरले स्थानीय तहका प्रमुख र उपप्रमुखका सुझाव पार्टीलाई उपलब्ध गराउने जानकारी दिएका छन्।

शिक्षा विधेयकमा स्थानीय तहका प्रमुख र उपप्रमुखका सुझाव समेट्नका लागि विभागले छलफल आयोजना गरेको थियो।

Recent Comments

No comments to show.