काठमाडौं । नबिल बैंकको कायममुकायम प्रमुख कार्यकरी अधिकृत (सीईओ)को जिम्मेवारी मनोज ज्ञवालीलाई दिइएको छ ।
मंगलबार बसेको बैंक सञ्चालक समिति बैठकले अर्को व्यवस्था नहुँदासम्मका लागि नित्ति सीईओको जिम्मेवारी ज्ञवालीलाई दिने निर्णय गरको हो ।
बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले राजीनामा दिएपछि बैंकको सीईओ पद रिक्त छ ।
ज्ञवाली कायममुकायम हुनुपूर्व नबिलको वरिष्ठ प्रमुख कार्यकारी अधिकृत थिए । उनी २०७७ सालमा राष्ट्रिय स्तरको ज्योति विकास बैंकको सीईओबाट राजीनामा दिएर नबिल बैंकमा महाप्रबन्धकको रुपमा आएका थिए ।
ज्ञवालीसँग बैंकिङ क्षेत्रमा साढे दुई दशक काम गरेको अनुभव छ । उनले नियमनकारी निकाय नेपाल राष्ट्र बैंक हुँदै ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैंकमा काम गरेका थिए ।
प्रतिक्रिया