नेप्सेमा भीषण पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

नेप्सेमा भीषण पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । लागातर ६ दिनमा ११९ अंकले घटेर सोमबार २६ अंकले बढेको नेप्से आज फेरि ५८ अंकले घटेको हो ।

मंगलबार नेप्से परिसूचक ५८.०५ अंकले घटेर २५८२.७३ बिन्दुमा आइपुगेको छ । सूचकमा गिरावट आए पनि आज कारोबार रकममा भने वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ७० करोड रुपैयाँले बढेर ५ अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक ३.५० प्रतिशतले घटेको छ । त्यस्तै, हाइड्रोपावर समूहको सूचक ३.३० प्रतिशतले घटेको छ ।

आज पनि हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक २३ करोड २० लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल पर्नुबीमा कम्पनीको दोस्रो धेरै २१ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ४ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २४० कम्पनीको मूल्य घटेको छ ।

आज नारायणी विकास बैंकका सेयरधनीले सर्वाधिक ८.७३ प्रतिशत गुमाएका छन् । त्यस्तै, सपोर्ट माइक्रोफाइनानस ७.३७ प्रतिशत, इस्टर्न हाइड्रोपावर ७.१९ प्रतिशत, सिन्धु विकास बैंक, विन नेपाल लघुवित्त, सुपर मादी हाइड्रोपाव र अपर हेवा खोला हाइड्रोपावरको सेयर मूल्य साढे ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Recent Comments

No comments to show.