काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दलित भएकै कारण जातीय पीडा दिनु दुःखद र निन्दनीय भएको बताएका छन्।
जातीय विभेद उन्मूलन दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत उनले सिराहा घटनाका दोषीलाई कारबाही गर्न ढिला नगर्न आग्रह गरे।
सिराहाको औरही–५ मा दलित समुदायका दीपक मलिकको घर भत्काइएको घटनाप्रति चौतर्फी विरोध भइरहेको छ।
प्रतिक्रिया