प्रहरी सहायक निरीक्षक लुइटेल सम्मानित

प्रहरी सहायक निरीक्षक लुइटेल सम्मानित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले उत्कृष्ट कार्य प्रदर्शन गरेबापत ट्राफिक प्रहरी सहायक निरीक्षक (असई) कृष्ण प्रसाद लुइटेललाई सम्मान गरेको छ। फागुन महिनामा उत्कृष्ट जिम्मेवारी बहन गरेको भन्दै उनलाई ‘फागुन महिनाको उत्कृष्ट प्रहरी’ घोषणा गरिएको हो।

ट्राफिक प्रमुख एसएसपी विनोद घिमिरेका अनुसार लुइटेलले भीभीआईपी तथा भीआईपी सवारी व्यवस्थापन, उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज, सरल र सुरक्षित बनाउने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

एसएसपी घिमिरेले लुइटेलले सवारी दुर्घटना न्यूनीकरण, फरार सवारी साधन खोजी तथा कारबाहीको दायरामा ल्याउने, परिणाममुखी प्रहरी सेवा प्रदान गर्ने, ट्राफिक सचेतना तथा सडक सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धि गराउने कार्यमा विशेष योगदान पुर्‍याएको बताए। साथै, उनले दिइएको जिम्मेवारी अनुशासित र पारदर्शी रूपमा सम्पादन गरेको भन्दै ट्राफिक कार्यालयले उनलाई सम्मान गरेको हो।

ट्राफिक प्रहरी कार्यालयले भविष्यमा पनि उत्कृष्ट कार्य गर्ने प्रहरीलाई प्रोत्साहित गर्दै यस प्रकारका सम्मान कार्यक्रम निरन्तर सञ्चालन गर्ने बताएको छ।

Recent Comments

No comments to show.