वैदेशिक रोजगारीमा जाने युवा बढेको बढ्यै,फागुनमा मात्रै बाहिरिए ६८ हजार नेपाली

वैदेशिक रोजगारीमा जाने युवा बढेको बढ्यै,फागुनमा मात्रै बाहिरिए ६८ हजार नेपाली

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । चालु आर्थिक वर्ष (२०८१/८२) को फागुन महिनामा मात्रै ६८ हजार ९६३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्।

वैदेशिक रोजगार विभागका अनुसार, यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६८ हजारले बढी हो। चालु आर्थिक वर्षको पहिलो आठ महिनामा मात्रै ५ लाख ३४ हजार ४७१ जनाले श्रम स्वीकृति लिएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६३ हजारले बढी हो। श्रम स्वीकृति लिनेहरूमध्ये ४२ हजार ४४६ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने २६ हजार ५१७ जनाले पुनः श्रम स्वीकृति लिएका छन्।

चालु आर्थिक वर्षमा विदेशिने २० हजारभन्दा बढी युवा कुनै सीप सिक्नै बिना रोजगारीका लागि बाहिरिएका छन्। आठ महिनामा मात्रै २० हजार ८२४ जना बिना सीप विदेशिएका छन्, जसमध्ये १८ हजार ७७५ जना पुरुष र २ हजार ४९ जना महिला रहेका छन्। यस अवधिमा ३९ हजार ३२६ जना भने कुनै न कुनै सीप सिकेर विदेशिएका छन्।

यस्तै ८ हजार ३४३ जना अर्धदक्ष कामदार, ४१८ जना विज्ञता हासिल गरेका तथा ५२ जना उच्च दक्ष कामदार वैदेशिक रोजगारीमा गएका छन्।

पहिलो आठ महिनामा सबैभन्दा धेरै धनुषाबाट ३ हजार ७०१ जना श्रम स्वीकृति लिएर विदेशिएका छन्। अन्य जिल्लाहरूमा झापा (३,२४० जना), मोरङ (२,७९४ जना), सिराहा (२,६५९ जना), महोत्तरी (२,४१९ जना), सुनसरी (२,१६५ जना) र रुपन्देही (२,१४९ जना) रहेका छन्। सरकारले सीप सिकेर मात्र वैदेशिक रोजगारीमा जानुपर्ने नीति लागू गरे पनि अझै पनि ठूलो संख्यामा युवाहरू बिना सीप विदेशिनु चिन्ताको विषय बनेको छ।

Recent Comments

No comments to show.