डिजिटल पूर्वाधार विकासमा नेपाल प्रतिबद्ध: परराष्ट्रमन्त्री राणा

डिजिटल पूर्वाधार विकासमा नेपाल प्रतिबद्ध: परराष्ट्रमन्त्री राणा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा ले प्रविधिको तीव्र विकासलाई पछ्याउन नेपाल तयार रहेको बताएकी छन्।

नयाँ दिल्लीमा जारी राइसिना संवाद कार्यक्रममा डिजिटल सार्वजनिक पूर्वाधार विषयमा बोल्दै उनले समावेशी डिजिटल पूर्वाधार निर्माण नेपाल सरकारको प्राथमिकता रहेको बताइन्।

उनका अनुसार स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा र सार्वजनिक सेवा वितरणमा प्रविधिको उपयोग बढाउने, डिजिटल साक्षरताका लागि विद्यालय तथा नागरिक सेवा केन्द्रहरू स्थापना गर्ने, र व्यक्तिगत डेटा संरक्षण ऐन लागू गर्ने सरकारको योजना छ। नेपालले डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत कृषि, स्वास्थ्य सेवा, टेलिमेडिसिन, र ई–लर्निङ प्रवर्द्धन गर्दै सीमापार डिजिटल व्यापारलाई सहज बनाउने लक्ष्य राखेको उनले बताइन्।

मन्त्री राणाले भारतले आधार र युपिआई जस्ता डिजिटल प्रणालीमार्फत हासिल गरेको अनुभव विकासशील देशहरूसँग बाँड्न सक्ने उल्लेख गरिन्। नेपाल सरकारले डिजिटल पूर्वाधार सुधार गरी देशभर डिजिटल पहुँच विस्तार गर्ने लक्ष्य राखेको पनि उनले स्पष्ट पारिन्।

Recent Comments

No comments to show.