व्यवसाय दर्ता, नविकरण र राजस्व बुझाउन प्रविधि आवश्यक: महासंघ अध्यक्ष ढकाल

व्यवसाय दर्ता, नविकरण र राजस्व बुझाउन प्रविधि आवश्यक: महासंघ अध्यक्ष ढकाल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल ले व्यवसाय दर्ता, नविकरण तथा राजस्व बुझाउने प्रक्रियामा प्रविधिको प्रभावकारी प्रयोग आवश्यक रहेको बताएका छन्।

उद्योग मन्त्री दामोदर भण्डारी लाई आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमका लागि सुझाव प्रस्तुत गर्ने कार्यक्रममा अध्यक्ष ढकालले डिजिटल प्रणालीमार्फत व्यवसाय सञ्चालनलाई सहज बनाउनुपर्ने बताए।

महासंघले नागरिक एपमा ‘बिजनेस आइकन’ राखी सम्पूर्ण व्यवसायिक सेवा प्रवाह गर्नुपर्ने, विदेशी लगानी आकर्षित गर्न ‘नेपालमा लगानी अभियान’ सञ्चालन गर्नुपर्ने, तथा बैंकिङ प्रणालीको सुधारका लागि चालु पूँजी कर्जा मार्गदर्शन परिमार्जन गर्नुपर्ने सुझाव दिएको छ।

साथै, नेपाली कृषिजन्य उत्पादन र पानी निर्यातका लागि नीति ल्याउनुपर्ने, उद्योगमा लोडसेडिङ रोक्नुपर्ने, तथा भारतीय सीमावर्ती क्षेत्रका होटल तथा शिक्षण संस्थामा लगानी आकर्षणका लागि विशेष सुविधा दिनुपर्ने महासंघको माग छ।

महासंघले उत्पादनमूलक उद्योगमा कर घटाउने, आयकरको दर पुनरावलोकन गर्ने, र स्वदेशी उद्योग प्रवर्द्धनका लागि स्पष्ट कर नीति आवश्यक रहेको पनि उल्लेख गरेको छ। अध्यक्ष ढकालले नीतिगत स्थिरता कायम गर्दै व्यवसायिक वातावरण सुधार गर्न सरकारसँग आग्रह गरेका छन्।

Recent Comments

No comments to show.