साताको अन्तिम दिन पनि ओरालो लाग्यो नेप्से, खुम्चियो कारोबार

साताको अन्तिम दिन पनि ओरालो लाग्यो नेप्से, खुम्चियो कारोबार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।   साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.८४ अंकले घट्दै २६६९ विन्दुमा झरेको छ।

बजार परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको देखिएको छ। अघिल्लो दिन ५ अर्ब १४ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ४ अर्ब ५६ करोड रुपैयाँमा सीमित रह्यो। दिनभरको कारोबारमा २५ प्रतिशत कम्पनीका सेयर मूल्य बढे पनि धेरै कम्पनीका सेयरमा गिरावट आयो। २४४ कम्पनीमध्ये ६२ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १७५ कम्पनीको सेयर मूल्य घट्यो भने ७ कम्पनीको मूल्य स्थिर रह्यो।

बिहीबार बजारमा व्यापार समूह मात्र हरियो देखियो, जसको मूल्य ०.२६ प्रतिशतले बढ्यो, तर बाँकी सबै उपसमूह रातो रहे। फाइनान्स समूह सबैभन्दा धेरै १.२६ प्रतिशतले घट्दा बैंकिङ ०.४८, विकास बैंक ०.१८, होटल तथा पर्यटन ०.४८, हाइड्रोपावर ०.६९, लगानी ०.२२, जीवन बीमा ०.०४, उत्पादन ०.७०, माइक्रोफाइनान्स ०.६६, निर्जीवन बीमा ०.८९ र अन्य समूह ०.५९ प्रतिशतले घटेका छन्।

बजारमा सर्वाधिक वृद्धि हुने कम्पनीहरूमध्ये दोल्ती पावरको सेयर मूल्य ७.५ प्रतिशतले बढ्यो। त्यस्तै, एसियन हाइड्रोपावर ५.४, सिन्धु विकास बैंक ४.९, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स ४.४ र स्वेतगंगा हाइड्रोपावर ४.२ प्रतिशतले बढेका छन्। यता, मिथिला लघुवित्त र भूगोल इनर्जीको सेयर मूल्य १० प्रतिशतले घट्दै सर्वाधिक घाटामा परेका छन्। कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा शीर्ष स्थानमा रह्यो भने त्यसपछि क्रमशः हिमालयन रिइन्स्योरेन्स, सिन्धु विकास बैंक, युनाइटेड मोदी हाइड्रोपावर र घलेम्दी हाइड्रोपावर रहेका छन्।

Recent Comments

No comments to show.