निलम्बित महामन्त्री ढकालको कांग्रेस र एमालेलाई प्रश्न: हिन्दु राष्ट्रको पक्षमा उभिएका हुन्?

निलम्बित महामन्त्री ढकालको कांग्रेस र एमालेलाई प्रश्न: हिन्दु राष्ट्रको पक्षमा उभिएका हुन्?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले नेपाली कांग्रेस र नेकपा एमाले हिन्दु राष्ट्रको पक्षमा उभिएका हुन् भन्ने प्रश्न गरेका छन्। बुधबार सामाजिक सञ्जालमार्फत उनले कांग्रेस र एमालेले संघीयता, लोकतन्त्र र गणतन्त्रको पक्षमा उभिने निर्णय गरे पनि हिन्दु राष्ट्र वा धर्मनिरपेक्षताको विषयमा केही नबोलेको टिप्पणी गरेका हुन्।

उनले लेखेका छन्, “कांग्रेस (एमाले) दुवैका बैठकले संघीयता, लोकतन्त्र र गणतन्त्रको पक्षमा उभिने निर्णय गरे तर हिन्दु राष्ट्र वा धर्मनिरपेक्षताको बारेमा एक शब्द पनि बोलेनन्। कित्ताकाट सुरु भएका बेला, ठूला दलहरूले सबैभन्दा सुरुमा प्रस्टसँग आफ्नो कित्ता क्लियर गर्नु पर्‍यो। के कांग्रेस र एमाले हिन्दु राष्ट्रको पक्षमा उभिएका हुन्?”

ढकालको यो अभिव्यक्तिले राजनीतिक वृत्तमा चर्चा पाएको छ। केही विश्लेषकहरूले उनले उठाएको प्रश्नलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन् भने अन्य केहीले यसलाई उनको व्यक्तिगत धारणा मात्र ठानेका छन्।

Recent Comments

No comments to show.