स्ववियुको नाममा क्याम्पसमा ताण्डव रोक्नुपर्छ : सुमना श्रेष्ठ

स्ववियुको नाममा क्याम्पसमा ताण्डव रोक्नुपर्छ : सुमना श्रेष्ठ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले राजनीतिक दलहरूले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नाममा क्याम्पसहरूमा ताण्डव मच्चाएको टिप्पणी गरेकी छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले यस्तो धारणा राखेकी हुन्।

श्रेष्ठले राजनीतिक दलहरूले आफ्नो गुट बलियो बनाउन तथा पद हत्याउन विद्यार्थीहरूको दुरुपयोग गरिरहेको आरोप लगाइन्। उनले क्याम्पसहरूमा महिनौँदेखि तालाबन्दी हुँदा विद्यार्थीहरूले पढ्न नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

उनले भनिन्, “स्ववियुको नाममा क्याम्पसहरूमा दलहरूको ताण्डव भइरहेको छ। यो के भएको हो? आफ्नो गुट, उपगुटलाई बचाउन महामन्त्री, सभापति बन्न विद्यार्थीहरूको दुरुपयोग भइरहेको छ, सभामुख महोदय। विद्यालयमा तालाबन्दी गरिएको छ। विद्यार्थीहरूले पढ्न नपाएको एक महिना भयो। म यसमा प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराउँछु। विद्यार्थीहरूको पढ्ने हक सुनिश्चित गरियोस्।”

श्रेष्ठको टिप्पणीपछि संसद्‌मा विभिन्न सांसदहरूबीच छलफल भएको बताइएको छ। विद्यार्थीहरूको शैक्षिक भविष्य सुरक्षित गर्न सरकारको तर्फबाट ठोस कदम चालिनुपर्ने उनको माग रहेको छ।

Recent Comments

No comments to show.