काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद्मा व्यक्त गरेको आफ्नो अभिव्यक्तिप्रति माफी मागेका छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले आफ्नो भनाइले पर्न गएको नकारात्मक प्रभावप्रति क्षमा याचना गरेका हुन्।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै घिमिरेले आफ्नो अभिव्यक्ति कांग्रेस पार्टी वा संसदीय दलको आधिकारिक धारणा नभएको स्पष्ट पारे। उनले भने, “यही चैत ३ गते विशेष समय मैले अभिव्यक्त गरेको धारणा संसद्को हैसियतले अभिव्यक्त गरेको धारणा हो। यो पार्टी र कांग्रेस संसदीय दलको आधिकारिक धारणा होइन। यी विचारले संसद्का सदस्यहरू तथा अन्य जनसमुदायमा समेत नकारात्मक प्रभाव परेको भए म उहाँहरूको सम्मान गर्दै क्षमा याचना गर्न चाहन्छु।”
चैत ३ गतेको प्रतिनिधिसभा बैठकमा घिमिरेले नेपालमा यौन व्यवसायलाई वैधता दिनुपर्ने धारणा राखेका थिए। उनको सो अभिव्यक्तिप्रति विभिन्न सांसद तथा जनसाधारणबाट आलोचना भएको थियो। सार्वजनिक चासोका विषयमा पार्टीको आधिकारिक धारणा राख्नुपर्नेमा व्यक्तिगत राय प्रस्तुत गर्दा गलत सन्देश प्रवाह भएको भन्दै उनले संसद्मा नै क्षमायाचना गरेका हुन्।
उनको अभिव्यक्तिपछि विभिन्न दलका सांसदहरूले संसद्को मर्यादा र उत्तरदायित्वको विषय उठाउँदै उनको भनाइप्रति
प्रतिक्रिया