सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्य वृद्धि भएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ।

मंगलबार प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार ८ सय रुपैयाँले बढेर १ लाख ७६ हजार रुपैयाँमा पुगेको हो।

यस्तै, चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला २ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार घटेर २ हजार ४५ रुपैयाँमा झरेको छ।

हाल विश्व बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव भइरहेकाले नेपाली बजारमा पनि यसको प्रभाव परेको व्यवसायीहरू बताउँछन्।

Recent Comments

No comments to show.