सेती लोकमार्गको भोकाधिकार र रुख कटान आदेश दिने सहमति

सेती लोकमार्गको भोकाधिकार र रुख कटान आदेश दिने सहमति

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुदूरपश्चिम प्रदेशको कैलाली, डोटी, अछाम, बाजुरा, बझाङ हुँदै उरै भञ्ज्याङसम्म पुग्ने सेती लोकमार्गको भोकाधिकार र रुख कटानको आदेश दिने सहमति जुटेको छ ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, डोटीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री प्रेमबहादुर आले तथा वन मन्त्रालयका सचिव डा दीपक खराललगायतका अधिकारीहरू बीच मंगलबार मन्त्रालयमा भएको छलफलमा भोकाधिकार र रुख कटानको आदेश दिने सहमति भएको हो ।

यही चैत ३ गते प्रतिनिधिसभाको विशेष समयमा पूर्वमन्त्री आलेले वन तथा वातावरण मन्त्रालयले भोकाधिकार र रुख कटान आदेश नदिँदा सेती लोकमार्गको काम ठप्प भएको भन्दै ध्यानाकर्षण गराएका थिए ।

Recent Comments

No comments to show.