एकाउन्न अर्ब रूपैयाँको आइपिओ पाइपलाइनमा,कुनको कति ?

एकाउन्न अर्ब रूपैयाँको आइपिओ पाइपलाइनमा,कुनको कति ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा ५१ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) पाइपलाइनमा रहेका छन्। धितोपत्र बोर्ड १ वर्षसम्म अध्यक्षविहीन रहँदा आइपिओका लागि आवेदनको ओइरो लागेको हो।

धितोपत्र बोर्ड २०८० पुसमा अध्यक्षविहीन भएपछि आइपिओको अनुमति प्रक्रिया रोकिएको थियो। करिब १ वर्षसम्म अनुमति जारी प्रक्रिया ठप्प हुँदा पाइपलाइनमा रहने कम्पनीहरूको संख्या उल्लेखनीय रूपमा बढेको हो। हाल नेपाल धितोपत्र बोर्डमा आवेदन दिने कम्पनीहरूको संख्या ८२ पुगेको छ।

कुल ८२ कम्पनीले ५१ अर्ब ८ करोड ८७ लाख ३७ हजार रुपैयाँ बराबरको आइपिओ जारी गर्ने तयारी गरेका छन्। यी कम्पनीहरूले ३५ करोड ५८ लाख ६४५ कित्ता सेयर बिक्री गर्ने प्रस्ताव राखेका छन्।

आइपिओ पाइपलाइनमा रहेका कम्पनीहरूमध्ये उत्पादन तथा प्रशोधन क्षेत्रका १५ कम्पनीको सबैभन्दा धेरै २२ अर्ब ५४ करोड ३७ लाख ७६ हजार रुपैयाँ बराबरको ९ करोड ६ लाख ५५ हजार ६८४ कित्ता सेयर रहेको छ।

यस्तै, होटल तथा पर्यटन क्षेत्रका ७ कम्पनीले ३ अर्ब ३१ करोड १० लाख रुपैयाँ बराबरको ३ करोड ५३ लाख ६० हजार कित्ता आइपिओ जारी गर्न निवेदन दिएका छन्।

जलविद्युत् क्षेत्रबाट ४२ जलविद्युत् आयोजनाहरूले १८ अर्ब ३१ करोड ३३ लाख ८३ हजार रुपैयाँ बराबरको १७ करोड ९० लाख ६१ हजार कित्ता सेयर जारी गर्न आवेदन दिएका छन्।

त्यस्तै, लगानी समूहअन्तर्गत ३ कम्पनीले २ अर्ब ८४ करोड ३३ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ५६ लाख ७३ हजार ५०० कित्ता आइपिओ जारी गर्न निवेदन दिएका छन्।

धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्त भएपछि आइपिओ निष्कासन प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ। लगानीकर्ताहरूले पनि नयाँ कम्पनीहरूको आइपिओ निष्कासन प्रक्रियाले तीव्रता पाउने विश्वास व्यक्त गरेका छन्।

Recent Comments

No comments to show.