काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले टोखामा २५ करोडभन्दा बढी रकमसहित सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका १ निवासी ४३ वर्षीय कुसाङ लामालाई पक्राउ गरेको छ ।
पक्राउ परेका लामा यसअघि नै सुन तस्करीमा संलग्न रहेको र लामो समय जेल बसेको खुलासा भएको छ ।
प्रहरी प्रधान कार्यालयको अभिलेख अनुसार, लामा २०७३ सालमा पक्राउ परेर २०७८ मा जेलमुक्त भएका थिए । आठ वर्षअघि ७ किलो सुनसहित तत्कालीन अपराध अनुसन्धान महाशाखाले उनलाई पक्राउ गरेको थियो ।
आज बिहान ना ७ ख १६५२ नम्बरको ट्रकमा फल्स बटम बनाएर रकम राखेर केरुङतर्फ जाने क्रममा प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीले रसुवा हुँदै केरुङ लैजान तयारी गरिएको उक्त रकम ट्रकको अगाडि फल्स बटम बनाएर लुकाइएको अवस्थामा फेला पारेको जनाएको छ ।
यस घटनाबारे विस्तृत जानकारी दिन उपत्यका अपराध अनुसन्धान कार्यालयले आजै पत्रकार सम्मेलन आयोजना गर्ने जनाएको छ ।
यो पनि….
ट्रकमा राखेको २० करोड विदेशी मुद्रासहित टोखाबाट एकजना पक्राउ
२० करोड बरामद ट्रकका चालक सिन्धुपाल्चोकका,संलग्न अन्य व्यक्ति पनि पक्राउ
प्रतिक्रिया