२५ करोड बरामद ट्रकका चालक सिन्धुपाल्चोकका

२५ करोड बरामद ट्रकका चालक सिन्धुपाल्चोकका

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चीनको केरुङतर्फ लगिँदै गरेको अवस्थामा प्रहरीले ठूलो मात्रामा स्रोत नखुलेको रकम बरामद गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार ना१ख १६५२ नम्बरको ट्रकमा लुकाइ राखिएको करोडौं रकम बरामद गरिएको हो । प्रहरीले ट्रकका चालक, सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका-१ निवासी ४३ वर्षीय कुसाङ लामालाई समेत नियन्त्रणमा लिएको छ ।

कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार उक्त रकम नेपाली विनिमय दरअनुसार २५ करोड २१ लाख ४४ हजार हुनसक्ने अनुमान गरिएको छ । उनले भने, ‘रकम गन्ने प्रक्रिया जारी छ, हालसम्म अनुमानित मात्र सार्वजनिक गरिएको हो ।’

घटनाबारे विस्तृत जानकारी दिनका लागि अपराह्न १ः३० बजे पत्रकार सम्मेलन आयोजना गरिने बताइएको छ ।

प्रहरीले रकमको स्रोत, पठाउने व्यक्ति, गन्तव्य र प्रयोजनबारे अनुसन्धान अघि बढाइसकेको जनाएको छ । घटनामा संलग्न केही अन्य व्यक्ति पनि पक्राउ परेका छन् भने उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले रकम तस्करीसम्बन्धी विस्तृत विवरण अनुसन्धानपछि मात्र खुलाउने जनाएको छ।

यो पनि…..

ट्रकमा राखेको २० करोड विदेशी मुद्रासहित टोखाबाट एकजना पक्राउ

८ वर्षअघि सुन तस्करीमा पक्राउ परेका थिए २५ करोडसहित समातिएका लामा

Recent Comments

No comments to show.